‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

११ पौष, काठमाण्डौं – चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारको संख्या ठुलो देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको संख्या राम्रै छ ।

यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेका छन् ।

अहिले चितवनस्थित सौराहामा फिल्मको दोस्रो चरणको छायांकन भैरहेको छ । कबीर र ‘गजनी’  भिलेन प्रदीप रावत केही दिनमा छायांकनका लागि नेपाल आउने जानकारी प्राप्त छ । फिल्मको पहिलो चरणको छायांकन भने भारतस्थित रामोजी फिल्म सिटीमा भएको थियो । अब नेपालमा एक महिना फिल्मको छायांकन हुने जनाइएको छ । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।

फिल्मलाई भारतका विभिन्न भाषामा स्वरांकन गराउने तयारीमा निर्माण टिम छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र फिल्म रिलिज हुनेछ । ‘ह्रस्व दीर्घ’लाई भारतका छायाँकार कवीरलालले खिचिरहेका छन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल हिन्दी फिल्म छायांकन गरिसकेका छन् । फिल्मलाई अर्को वर्षको अन्त्यतिर हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...