बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

१७ बैशाख, धनगढी – बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

सोमबार दिउँसो सकिएको मतगणनामा भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका छन् ।  सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

१३ साउन, काठमाडौं — नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०८२ (वि.सं.) मा गरिएको राष्ट्रिय गणनाअनुसार बाघको संख्या अघिल...
‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

१३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारले सबै राजनीतिक दललाई समेटेर पहल नगरेको भन्दै प्रधानमन...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

१३ साउन, काठमाडौं — सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको ...
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा ...