मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

१८ बैशाख, काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले  प्रा. डा. थपलिया र प्रा.डा. गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा डा धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

दुवै समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

१३ साउन, काठमाडौं — नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०८२ (वि.सं.) मा गरिएको राष्ट्रिय गणनाअनुसार बाघको संख्या अघिल...
‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

१३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारले सबै राजनीतिक दललाई समेटेर पहल नगरेको भन्दै प्रधानमन...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

१३ साउन, काठमाडौं — सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको ...
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा ...