समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नु पर्दछ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

२० साउन, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए ।

उनले भने, ‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्‍यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ । यो सरकार जुन बनेको छ, यो सरकारलाई टिकाएर अगाडि कसरी लग्ने ? मजबुत कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६/६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो सरकार आउन बित्तिकै २२ जना सचिव परिवर्तन भए । अझै कति हुने हो ? यसरी गर्दा खेरि सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थितिहरु सिर्जना गर्छ । सरकार परिवर्तन भइरहँदा सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुने हुन्छ ।’

नेता कोइरालाले मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै दलहरुको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखे ।

‘राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो भने त्यो जरुरी छ । अहिलेको मिश्रित प्रणालीबाट चुनावमा जाँदाखेरि कुनैपनि दलको बहुमत आउँदैन । बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्छ,’ उनले भने, ‘तर निर्वाचन प्रणालीलाई प्रत्यक्ष बनाउँदै गर्दा हामीले संविधानको समावेशी चरित्रलाई भुल्नुहुदैन । त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडि कसरी जान सकिन्छ त्यसबारे छलफल गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...