नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको हो: प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

३० साउन, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । ‘संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरु देशको नक्कल यसमा छैन ।’

शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । ‘राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थगागत पनि भएका छन्,’ उनले भने ।

दाहालले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

१३ साउन, काठमाडौं — नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०८२ (वि.सं.) मा गरिएको राष्ट्रिय गणनाअनुसार बाघको संख्या अघिल...
‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

१३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारले सबै राजनीतिक दललाई समेटेर पहल नगरेको भन्दै प्रधानमन...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

१३ साउन, काठमाडौं — सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको ...
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा ...