खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

१५ कात्तिक, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई र धन्यवाद समेत ज्ञापन गरेका छन् ।

त्यसअवसरमा उनले सरकारका तर्फबाट खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँका दरले पुरस्कार घोषणा गर्दै तिहारलगत्तै सो पुरस्कार प्रदान गर्ने बताए ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...
प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

१५ साउन, काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्न आग्रह गर्दै ती सम्झौताहरू विग...
मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...