नेपाली कांग्रेस र नेकपा एमालेको साझा सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री रमेश लेखक

६ मङ्सिर, कैलाली – गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा एजेन्डा प्रस्तुत हुने बताएका छन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलका तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेन्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे ।

मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे । उनले सत्तासाझेदार प्रमुख दुई दलबीच हाल कुनै विषयमा असमझदारी नभएको जिकिर गरे ।

लोकतन्त्र र संविधानका विरुद्धमा गरिने कुनै पनि गतिविधि सैह्य नहुने उनले बताए । उनले भने, “प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ । अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढेको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”- रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...