सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुन्छ: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

७ मङ्सिर, काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताएका छन् ।

शुक्रबार दरवार मार्गमा आयोजित पार्टीको  जागरण सभालाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अराजकता ,सामाजिक विद्धेष र विकृतिका विरुद्ध , लोकतन्त्र ,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा रहेको उनको भनाइ थियो ।

‘कसैले पनि कानुन विपरीत गर्न नहुने अपराधिक क्रियाकलाप गर्छ भने नेकपा एमालेले छोड्दैन । मैले नेतृत्व गरेको सरकारले पनि छोड्दैन । अहिले एमाले र कांग्रेसको मिलिजुली संयुक्त सरकार छ । यसले छोड्दैन,प्रधानमन्त्री ओलीले भने,’ यो सरकार देशमा अनुशासन ल्याउनका निम्ति सोचविचार गरेर गठन गरिएको हो ।’

सरकारसँग सहकारी ठगीका अनेक प्रमाण रहेको उनको भनाइ छ । उनले सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुने बताए । प्रधानमन्त्रीले  भने,’सहकारी ठगीका अनेक प्रमाणहरू छन् । आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने ।  अरूलाई गाली गर्ने । कुनै पनि भ्रष्टाचार सह्यै हुने छैन । कुनै पनि प्रकारको ठगी सह्यै हुनेछैन । मानव तस्करी सह्यै हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको जोसुकै जुनसुकै होस् अनुहार हेर्दैन ।  अपराध गर्नेलाई कारबाही गर्छ ।’

प्रधानमन्त्री ओलीले आफूमाथि भएका दुष्प्रचारहरू निराधार भएको बताए । उनले पछिल्लो समय केही तत्वहरूले भ्रम फैलाएर जनतामा घृणित  फैलाउने दुष्चेष्टा गरिरहेको आरोप लगाए । उनले भने,’आफू बदमासी गर्ने अरुको टाउकोमा खन्याउने । यस्ता भ्रममा कोही पर्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन ।’

उनले इतिहासमा बेइमानी नगरेकाले हरेक क्षेत्रमा  एमालेको जीत अपरिहार्य हुने बताए । ‘बलिदान र गौरवपूर्ण इतिहास छ । बलिदान र त्यागको गौरवपूर्ण इतिहास छ । इतिहासमा हामीले बेइमानी गरेका छैनौं । देश र जनताको पक्षमा उभिएका छौं । यसकारण हामी द्विविदा छैन,’उनले भने,’यसकारण नेकपा एमालेको हरेक क्षेत्रमा जीत अपरिहार्य छ । ‘

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...