दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार

९ मङ्सिर, काठमाडौं – काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।

महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए ।

‘हामीले कार्यक्रम गरेको होइन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको हो, त्यहिँ कुरा गर्नुहोला भन्दै उहाँहरूले पत्र बुझ्नु भएन’ भट्टराईले भने ।

सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्र पठाउने निर्णय गरेको थियो ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

‘मंसिर ७ गते काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...