रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने

२९ पुस, काठमाडौं – स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस नसकिएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ।

काठमाडौं जिल्ला अदालतमा सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलको तर्फबाट बहस सकिए पनि लामिछानेका वकिलहरूले बहस नसकाएपछि अदालतले थुनछेक बहस बुधबारसम्मका लागि स्थगित गरेको हो। मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अदालत बन्द हुनेछ।

लामिछानेविरुद्ध काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। आइतबार बिहान अदालतमा उपस्थित भएका उनीविरुद्ध जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरिसकेका छन् भने केही वकिलको बहस बाँकी छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि शुक्रबार काठमाडौं आएर प्रहरी सम्पर्कमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतमा उपस्थित गराइएको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८४ दिन हिरासतमा रहेका लामिछाने धरौटीमा छुटेपछि स्वर्णलक्ष्मी सहकारी प्रकरणका कारण पुनः न्यायिक प्रक्रियामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...