सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरुद्ध मुद्दा दायर, १ अर्बभन्दा बढी बिगो माग

६ माघ, रूपन्देही– सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मी पौडेलसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

रवि, छवि र लक्ष्मीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो मागसहित आइतबार पूरक अभियोग दर्ता गरिएको हो।

यसअघि दर्ता भएका २८ प्रतिवादीमध्ये १७ जनाविरुद्ध थप कसुर र बिगोको दाबी गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार, गितेन्द्रबाबु राईविरुद्ध ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ। संचालक दिनेश रोकालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको छ।

प्रहरी अनुसन्धानले सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड रुपैयाँ अपचलन भएको देखाएको छ। १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। यसअघि २०८१ वैशाख ३ मा सुरु मुद्दामा २८ जनाविरुद्ध १ अर्ब ३ करोड बिगो दाबी गरिएको थियो।

रूपन्देही अदालतले आइतबार पूरक अभियोगलाई तीन घण्टामै रुजु गरी दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...
प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

१५ साउन, काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्न आग्रह गर्दै ती सम्झौताहरू विग...
मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...