८ हजारभन्दा बढी कैदीबन्दी अझै फरार, जेनजी आन्दोलनपछि कारागार व्यवस्थापनमा चुनौती

Advertisement

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्।

देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए।

फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।

२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी कुल ३० हजार ६३४ कैदीबन्दी थिए। जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन्।

यस घटनाक्रममा भाग्न खोज्ने कैदीलाई नियन्त्रणमा लिन खोज्दा केहीमा मृत्यु समेत भएको थियो। नेपाली सेनाको नियन्त्रणक्रममा कारागारतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी कुल १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा रामेछाप कारागारका ३, धादिङ कारागारका २ र नौबस्ता बाल सुधार गृहका ५ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सु...
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स...
निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

४ मंसिर, काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। ...