संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

५ पुस, काठमाण्डौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले 'संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने' बताएको छ । 'एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्‌भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको' राप्रपाको ठहर छ । "राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई…
Read More
कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

५ पुस, जनकपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए । उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

५ पुस, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् ।  पुस ९ गतेदेखि गैंडाकोटबाट १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र…
Read More
जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

५ पुस, जनकपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’ खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’ राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ । उनले एमालेले केपी ओली नभएसम्म देश…
Read More
संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

४ पुस, काठमाण्डौं - संघीय संसद्‌को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । 'सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्‌का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’ एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ ।…
Read More
वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

४ पुस, विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन्। बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको पनि बताए।  उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए। कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस र्सार्वजनिक गरेको बताए। उनले नेपालमा भइरहेका ठूल्ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे।
Read More
समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

४ पुस, काठमाण्डौं - प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा बधुबार बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं-तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ । द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक…
Read More
सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

४ पुस, काठमाण्डौं - न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । नियूक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
Read More
लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था: देउवा

लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था: देउवा

३ पुस, पोखरा - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था राखिएको बताएका छन् । पोखरामा मंगलबार कांग्रेसको पहिलो गण्डकी प्रदेश सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि देउवाले त्यसको खण्डन गरेका हुन् । ‘हाम्रो पार्टीको लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने, ‘मल्टीपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझै पूर्ण रुपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति,…
Read More
सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

३ पुस, काठमाण्डौं - सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको शेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ । सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने, कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने र अहिले भएको कारोबारमा रोक लगाउन माग गरेका छन् ।
Read More