नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको छ: योगेश भट्टराई

Advertisement

२६ भदौ, काठमाडौं – नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए ।

‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’ उनले भनेका छन्, ‘हामी जबजको मार्गदर्शनमा हामी नेपाली तरिकामा शान्तिपूर्ण माध्यमबाट समाजवादतर्फ अघि बढिरहेका छौं । जबज नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित छ । हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं । यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो ।’

बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, मार्क्सवादी बुद्धिजीवि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अथिथि र चिनियाँ नेता, प्राध्यापक, बुद्धिजीविसहित १ सय ५० बढी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

मतदानस्थलमा गगन थापा, प्रतिनिधिसँग मागे भोट

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत ...
खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

खड्गीको अपिल : ‘निष्पक्ष र निर्भय भएर मतदान गर्नुहोस्’

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपर...
कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

कारबाहीमा परेका म्यानपावर व्यवसायीले छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर ...
कांग्रेसको निर्वाचन समय फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

कांग्रेसको निर्वाचन समय फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो १ बजेसम्मका...