बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

Advertisement

१८ असोज, काठमाडौं – सरकारले बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित पालिकाहरूमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको हो ।

गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय ३९ जनाको मृत्यु भएको छ । १९ अझै बेपत्ता छन् । सयौं परिवार घरवारविहीन हुन पुगेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...