मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो, तर उनको शव हालसम्म अस्पतालबाट नउठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार नेपालीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। राधिकाको मृत्युको विषयमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल जारी रहे पनि सहमति नजुटेकाले शव नउठाइएको उनले बताए।

शल्यक्रियामार्फत नवजात शिशु (छोरी) जन्माएपछि सुत्केरी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। पुस २३ गते दिउँसो शिशु जन्माएकी उनको सोही दिन साँझ उपचारकै क्रममा मृत्यु भएको हो। आमाको निधन भए पनि नवजात शिशु भने जीवित रहेको प्रहरीले जनाएको छ।

परिवारले चिकित्सकको लापरबाहीका कारण राधिकाको मृत्यु भएको आरोप लगाउँदै कानुनअनुसार कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार...
बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वर...
लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

९ भदौ, काठमाडौं — सरकारले साउन र भदौमा तीन छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गरेको छ । आमरण अनशन, धर्नालगायतका आन्दोलन ग...
वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

५ भदौ, काठमाडौं — काठमाडौंको बाँसबारीमा साढे २ तले एउटा घर भासिएको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित उक्त घर बिहीबार बेलु...