एसएसपी सन्तोष खड्कासँग मानव अधिकार आयोगले गर्‍यो एक घण्टा सोधपुछ

Advertisement

१३ असोज, काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर बयान दिएका छन्।

आइतबार अनुगमनका लागि पुगेका आयोगका पदाधिकारीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको घटनाबारे एसएसपी खड्काले आयोगमा पुगेर बयान दिएका हुन्। आयोगले उनीसँग करिब एक घण्टा सोधपुछ गरेको थियो।

खड्कालाई सोधपुछका लागि उपस्थित गराइदिन आयोगले सोमबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्का बयान दिएर फर्किसकेको जानकारी दिए। उनले भने, ‘उहाँ बयान दिएर फर्किसक्नुभएको छ। छानबिनको प्रक्रियामा रहेकाले के भन्नुभयो भन्ने जानकारी भएन।’ उनका अनुसार घटनाका विषयमा अन्य कसलाई बोलाउने भन्ने निर्णय भने भइसकेको छैन।

यसैबीच, आइतबार बिहान करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी योगराज खतिवडाको टोली पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको बाँसबारीस्थित निवास पुगेको थियो।

प्रहरीको टोलीले राणालाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। राणालाई सुरक्षा थ्रेट रहेको भन्दै कार्यालयमा ल्याइएको प्रहरीको भनाइ छ।

तर, राणालाई कसबाट र कस्तो प्रकारको सुरक्षा थ्रेट थियो भन्नेबारे प्रहरीले र सरकारले अहिलेसम्म खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...