कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभालाई सम्बोधन गर्दै दिए राजीनामा

Advertisement

चैत्र २१, सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको खाँचो महसुस भएको बताएका छन् ।

बुधबार प्रदेशसभालाई सम्वोधन गर्दै उन्ले भने ‘संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिने अवस्था निम्तियो,’ । ´सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको महसुश भयो ।’

१५ महिना मुख्यमन्त्री भएका शर्माले संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । ‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरिब जनतालाई प्राथामिकता दिइनुपर्ने हो । तर, हामी संसदीय अंक गणितको भद्धा प्रहसनमा मात्र रुमल्लिरह्यौँ,’ उनले भने,  ‘पटक-पटक विश्वासको मत लिँदा सरकारको नियमित काममा अवरोध भयो, पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउँछ। अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्छ ।’

उनका अनुसार प्रदेशलाई संवैधानिक मर्मअनुुसार पूर्णरुपमा काम गर्न नदिएसम्म प्रदेशले विकास गर्न सक्दैन । केन्द्रीय राजनीतिमा देखिएको अंकगणितका अनुसार चल्ले भएकाले यसले प्रदेशमा असर परेको बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...