जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

Advertisement

५ पुस, जनकपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् ।

‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’

खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’

राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

उनले एमालेले केपी ओली नभएसम्म देश नबन्ने, रास्वपाले २०८४ पछि देशको फोहोर सफा गर्नुपर्छ भन्ने र मधेश केन्द्रित दलले मधेशको नाममा ‘हम लुटेंगे देशको’ भाव सिर्जना गरिरहेको थापाले टिप्पणी गरे ।

नेता थापाले देशको ठूलो दलको हैसियतले कांग्रेसले यी समस्याहरुलाई गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

कांग्रेसको मधेश सम्मेलनमा मधेशका समस्याको विषयमा छलफल गर्न महामन्त्री थापाले आग्रह गरे । ‘मधेश प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको, वैदेशिक रोजगारमा जाने यहीँबाट धेरै छन्, तर गरिबी किन नघटेको ? ५७ प्रतिशत किसानलाई किन बर्षभरि खान पुग्दैन ? यो विषयमा प्रदेश सम्मेलनमा समीक्षा गरौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...