जेन-जी आन्दोलनपछि राष्ट्रपति: आम सहमतिबाट अन्तरिम सरकार गठन

Advertisement

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे।

उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ।” राष्ट्रपति पौडेलले समयमै निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको मुख्य कार्यभार भएकोमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, शासन र व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिक समाजलाई सहमति र सहकार्यका साथ निर्वाचनको सफलताको लागि क्रियाशील हुन आह्वान गरेका छन्। उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै अप्ठ्यारो परिस्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए।

“नवपुस्ताको र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो हामी सबैले मिलेर गरेका छौं। मुलुक फेरि एकपटक परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ,” उनले भने। राष्ट्रपति पौडेलले भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्न भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

उनले सबैलाई लोकतन्त्र र संविधानको भावना अनुरुप काम गर्न आग्रह गर्दै भने, “सुशासन बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन, सामाजिक न्यायलाई प्राथमिकतामा राखे मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव छ। जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथिति अन्त्य होस् भन्ने कुरा सबैले मनन गरौं र सुध्रिएर अघि बढ्ने अठोट गरौं।”

सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले पछिल्लो भदौ २३ र २४ गते भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...