६ असोज, काठमाडौं — त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरी स्रोतका अनुसार कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो। अस्पतालका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाबारे थप छानबिन गर्न समिति गठन भइसकेको छ।



