देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

१८ असोज, काठमाडौं – देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेंगी संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, वाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी
उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगी संक्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेंगी संक्रमण देखिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...