देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको छ: दुर्गा प्रसाईं

Advertisement

१ फागुन, काठमाण्डौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले काठमाडौंको भृकुटीमण्डपमा वार्षिकोत्सव कार्यक्रम गरेको छ।

कार्यक्रममा बोल्दै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरेका छन् ।

प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ ।

उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’

यो राज्यबाट सबैभन्दा भिक्टिम भएको व्यक्ति आफू नै भएको प्रसाईंले बताए । ६८ सालमा आफूले सरकारबाट अनुमतिपत्र लिएर मेडिकल कलेज स्थापना गरेको तर अहिलेसम्म सम्बन्धन नपाएको उनको गुनासो छ ।

सम्बन्धनकै लागि आफू विगतमा प्रचण्ड र केपी ओलीको पछि लागेको स्वीकारोक्ति उनले व्यक्त गरे । ओली-प्रचण्डलाई मार्सी भात खुवाएर पनि केही हात नपरेको र उल्टै राज्यबाट आफू भिक्टिम बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...