नियन्त्रित ट्रक ठोक्किँदा यूएईमा २३ सवारीसाधन दुर्घटनामा

Advertisement

२७ कात्तिक, काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको ठूलो सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

यूएईको आन्तरिक मन्त्रालयका अनुसार फुजैराहको प्रवेशद्वारनजिक बिहीबार मध्यरातअघि एउटा ट्रक अनियन्त्रित भएपछि २३ वटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए।

ढिलो गतिमा अघि बढिरहेका सवारीसाधनको भीडमा अनियन्त्रित ट्रक ठोक्किँदा दुर्घटना भएको मन्त्रालयले जनाएको छ। दुर्घटनामा पाँचवटा ट्रकसहित कुल २३ वटा सवारीसाधन संलग्न थिए।

ठक्करपछि एउटा ट्रक पल्टिएर आगलागी भएको थियो। आगो अन्य सवारीसाधनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ।

फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ। घाइतेमध्ये आधालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकीको उपचार जारी छ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मृतकमध्ये केही यूएईका नागरिक रहेको पुष्टि भएको छ।

यूएईस्थित भारतीय वाणिज्य दूतावासले पनि आफ्ना नागरिकको दुर्घटनामा मृत्यु भएको जनाएको छ। दूतावासले मृतकका परिवारसँग सम्पर्क गरी स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै आवश्यक सहयोग गरिरहेको बताएको छ।

अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते हुनेहरू यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन्।

दुर्घटनालगत्तै प्रहरी, एम्बुलेन्स र नागरिक सुरक्षा टोली घटनास्थल पुगेका थिए। टोलीले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

हाल घटनास्थललाई सुरक्षित बनाउने तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सु...
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स...
निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

४ मंसिर, काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। ...