टस जितेर काठमान्डुले गर्‍यो बलिङको निर्णय

टस जितेर काठमान्डुले गर्‍यो बलिङको निर्णय

२७ कात्तिक, काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। काठमान्डुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। आजको खेलमा विजयी हुने टोली प्लेअफमा पुग्नेछ। सुदूरपश्चिमले आफ्नो प्लेइङ–११ मा दुई परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहरा खेलिरहेका छन् भने सैफ जैबको स्थानमा फाबियन एलनलाई टोलीमा समावेश गरिएको छ। काठमान्डुले पनि दुई खेलाडी परिवर्तन गरेको छ। अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र अर्का विदेशी खेलाडी विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अष्ट्रेलियाका साम हिजलेट पहिलो रोजाइमा खेलिरहेका छन्।
Read More
१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटनापछि शव बुझ्न मानेनन् आफन्तले

१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटनापछि शव बुझ्न मानेनन् आफन्तले

२७ कात्तिक, काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले शव बुझ्न मानेका छैनन्। मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार यी माग पूरा नभएसम्म आफन्तहरूले शव उठाउन नमानेका हुन्। उनले कानुनले तोकेबमोजिमको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने जानकारी प्रशासनले पीडित परिवारलाई दिएको बताए। तर, पीडित पक्षले थप क्षतिपूर्तिको माग गरिरहेको उनको भनाइ छ। बिहीबार बिहान मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो। सडकबाट करिब ५००…
Read More
नियन्त्रित ट्रक ठोक्किँदा यूएईमा २३ सवारीसाधन दुर्घटनामा

नियन्त्रित ट्रक ठोक्किँदा यूएईमा २३ सवारीसाधन दुर्घटनामा

२७ कात्तिक, काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको ठूलो सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यूएईको आन्तरिक मन्त्रालयका अनुसार फुजैराहको प्रवेशद्वारनजिक बिहीबार मध्यरातअघि एउटा ट्रक अनियन्त्रित भएपछि २३ वटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए। ढिलो गतिमा अघि बढिरहेका सवारीसाधनको भीडमा अनियन्त्रित ट्रक ठोक्किँदा दुर्घटना भएको मन्त्रालयले जनाएको छ। दुर्घटनामा पाँचवटा ट्रकसहित कुल २३ वटा सवारीसाधन संलग्न थिए। ठक्करपछि एउटा ट्रक पल्टिएर आगलागी भएको थियो। आगो अन्य सवारीसाधनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ। फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ। घाइतेमध्ये आधालाई…
Read More