६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले आज यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा जसपा नेपालका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए।



