एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपरेसन ऐना’ अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत पार्टीका नेताहरूविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति लेख्ने प्रयोगकर्ताका पोस्टसँगै उनीहरूका तस्बिरसमेत एमालेले सार्वजनिक गर्न थालेको छ। पार्टीका अनुसार एमालेविरुद्ध भ्रम फैलाउने, योजनाबद्ध रूपमा दुष्प्रचार गर्ने र सामाजिक असहिष्णुता बढाउने गतिविधि देखिएपछि त्यसको प्रतिवादस्वरूप यो अभियान सञ्चालन गरिएको हो। ‘अपरेसन ऐना’मार्फत सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी गरिने टिप्पणी तथा अभिव्यक्तिमाथि निगरानी भइरहेको सन्देशसमेत एमालेले दिएको छ।
Read More
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले आज यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा जसपा नेपालका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
Read More
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गतको यो खेल नेपाली क्रिकेटका लागि विशेष उपलब्धिका रूपमा रहनेछ। नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई खेल यूएईसँग नै खेलेको छ। दुई टोलीबीच भएका २० खेलमध्ये नेपालले १२ खेलमा जित हासिल गरेको छ भने आठ खेलमा पराजय बेहोरेको छ। यूएईविरुद्ध नै नेपालले अहिलेसम्म सबैभन्दा धेरै जित र हार दुवै दर्ता गरेको छ। नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो। सन् २०१८ मा ओडीआई…
Read More