नेपालमा पर्यटक आगमन बढ्यो, चिनियाँ पर्यटकको संख्या ११४.१ प्रतिशतले वृद्धि

Advertisement

१५ असोज, काठमाडौं — पछिल्लो दुई महिनादेखि नेपालले लगातार प्राकृतिक विपद्को सामना गरिरहेको भए पनि पर्यटक आगमनमा भने सुधार देखिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या २३.९ प्रतिशतले बढेको छ। गत वर्ष सेप्टेम्बरमा यस क्षेत्रबाट २४ हजार २ सय ८५ पर्यटक नेपाल आएकोमा यस वर्ष ३० हजार ८५ पुगेको छ।

तथ्यांकले सार्कसहित अन्य एसियाली मुलुकबाट पर्यटक आगमन बढेको देखाएको छ। तर, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्या भने घटेको छ।

एसियाका अन्य देशबाट आउने पर्यटकको संख्या ५८ प्रतिशतले बढेको छ। गत वर्ष १२ हजार ५ सय ९० पर्यटक आएकोमा यस वर्ष १९ हजार ८ सय ८८ जना आएका छन्। यद्यपि, आसियान क्षेत्रबाट हुने आगमन भने २५.९ प्रतिशतले घटेको छ। यस क्षेत्रबाट सेप्टेम्बरमा ५ हजार ४ सय २२ पर्यटक नेपाल आएका छन्।

युरोपबाट आउने पर्यटकको संख्या पनि ८.७ प्रतिशतले घटेको छ। गत वर्ष सेप्टेम्बरमा युरोपबाट १६ हजार ५ सय ९७ पर्यटक आएकोमा यस वर्ष १५ हजार १ सय ४८ जना आएका छन्।

अमेरिकी मुलुकबाट आउने पर्यटक आगमनमा पनि कमी आएको छ। यस वर्ष सेप्टेम्बरमा अमेरिकी देशबाट १० हजार १ सय ७ पर्यटक नेपाल आएका छन्। गत वर्ष सोही महिनामा यो संख्या ११ हजार ५ सय २३ थियो।

सार्क मुलुकमध्ये बंगलादेशबाट आउने पर्यटकको संख्या ३१.५ प्रतिशतले बढेर ३ हजार ९ सय ६४ पुगेको छ। गत वर्ष सेप्टेम्बरमा बंगलादेशबाट ३ हजार १५ पर्यटक आएका थिए।

भुटानबाट यस वर्ष १ हजार १ सय ११ पर्यटक नेपाल आएका छन्। गत वर्ष यो संख्या ८ सय ३३ थियो।

भारतबाट भने यस वर्ष १७ हजार ४ सय २५ पर्यटक नेपाल आएका छन्। गत वर्ष सेप्टेम्बरमा भारतबाट १५ हजार ५ सय ५६ पर्यटक आएका थिए।

श्रीलंकाबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य बढेको छ। यस वर्ष श्रीलंकाबाट ७ हजार १ सय ८ पर्यटक नेपाल आएका छन्। गत वर्ष सोही महिनामा ४ हजार ६ सय १६ श्रीलंकाली पर्यटक आएका थिए।

बाढीले नेपाल र चीन दुवै देश प्रभावित भए पनि नेपालमा चिनियाँ पर्यटकको आगमन भने उल्लेख्य बढेको छ। तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा चीनबाट आउने पर्यटकको संख्या दोब्बरभन्दा बढी भएको छ।

सन् २०२५ को सेप्टेम्बरमा चीनबाट ५ हजार २ सय ३७ पर्यटक नेपाल आएकोमा यस वर्ष ११ हजार २ सय १२ जना आएका छन्। यो अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशत बढी हो।

त्यस्तै, जापानबाट आउने पर्यटकको संख्या पनि ४५.४ प्रतिशतले बढेको छ। सन् २०२५ मा जापानबाट १ हजार ४ सय २१ पर्यटक आएकोमा यस वर्ष २ हजार ६६ जना नेपाल आएका छन्।

युरोपेली मुलुकमध्ये बेलायतबाट आउने पर्यटकको संख्या भने २५.२ प्रतिशतले घटेको छ। गत वर्ष ४ हजार ९ सय ८१ बेलायती पर्यटक नेपाल आएकोमा यस वर्ष ३ हजार ७ सय २५ जना मात्र आएका छन्।

अमेरिकाबाट आउने पर्यटकको संख्या पनि घटेको छ। गत वर्ष ९ हजार ६ सय ७९ अमेरिकी पर्यटक नेपाल आएकोमा यस वर्ष ८ हजार २ सय ९९ जना आएका छन्।

यसैगरी, मध्यपूर्वी देशबाट आउने पर्यटकको संख्या यस वर्ष ११.९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...