नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा ८० जनाको मृत्यु

Advertisement

२५ असार, काठमाडौं – नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो ।

यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।

यस अवधिमा मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा तीन जना, कोसीमा २३ जना, मधेसमा सात जना, वाग्मतीमा चार जना, गण्डकीमा २६ जना, लुम्बिनीमा आठ जना, कर्णालीमा १५ जना र सुदूरपश्चिममा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् ।

यस अवधिमा कोसीमा ४१ जना र गण्डकीमा १२ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोसीमा दुई जना, वाग्मतीमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । यसैगरी १३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ ।

यस्तै, ३८४ वटा पशु चौपायाको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट दुई हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...