यौन हिंसासम्बन्धी विधेयकमा पर्याप्त व्यवस्था नभएको सांसदहरूको भनाइ

Advertisement

९ मंसिर, काठमाडौं — प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनमा सुधार आवश्यक रहेको बताएका छन्।

सरकारले प्रस्ताव गरेको मुलुकी अपराध संहिता, २०७४ संशोधन विधेयकमाथि पनि यौन हिंसासँग सम्बन्धित प्रावधानहरू थप सुधार गर्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी सांसदहरूले यौन हिंसासम्बन्धी कानुनी व्यवस्था अपर्याप्त रहेको र सरकारले हालै प्रस्ताव गरेको विधेयकले पनि सबै विषय समेट्न नसकेको बताएका हुन्।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले यौन हिंसाका दोषीलाई कडा सजाय हुने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

‘अहिलेको व्यवस्था अपर्याप्त छ। जन्मकैद भने पनि २५ वर्ष हो,’ उनले भनिन्, ‘दिन–रात गन्ने र पछि विभिन्न पुरस्कारका नाममा छिट्टै छुट्ने अवस्था छ। यसमा सुधार आवश्यक छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका दोषीलाई अन्य अपराधमा संलग्न व्यक्तिसरह सजाय दिएर मात्र नपुग्ने बताइन्। उनीहरूका लागि छुट्टै र विशेष सजायको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

‘यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र पुग्दैन। विशेष सजायको व्यवस्था हुनुपर्छ,’ उनले भनिन्।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यौन हिंसाका दोषीलाई मृत्युदण्डको सजाय हुने व्यवस्था कानुनमा राख्नुपर्ने धारणा राखिन्। तर, त्यसका लागि संविधान बाधक रहेको उनको टिप्पणी थियो।

‘अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्ष राष्ट्र भएकाले नेपालमा मृत्युदण्डको सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन। तर, त्यस्ता अपराधमा कठोर सजायको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।

प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। अन्तर्राष्ट्रिय अभ्याससमेत अध्ययन गरी दोषीलाई सजायको अनुभूति हुने गरी कठोर कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक, वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र कानुनमा सुधार गर्नुपर्ने विषय समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा भएका यौन हिंसाका घटनाको अवस्था र प्रवृत्तिबारे तथ्यांक प्रस्तुत गरेका थिए। उनका अनुसार उक्त आर्थिक वर्षमा भएका कुल अपराधमध्ये २९ प्रतिशत लैंगिक हिंसासम्बन्धी घटना थिए।

प्रस्तुत तथ्यांकअनुसार यौन हिंसाका घटनामा ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति थिए भने ६२.४ प्रतिशत पीडित बालिका थिए।

अर्का अधिवक्ता विनोदचन्द्र देवकोटाले यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन निर्माण गरेर पछि पछुताउनुभन्दा व्यापक छलफलपछि मात्रै प्रक्रिया अघि बढाउनु उपयुक्त हुने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

यौन हिंसासम्बन्धी विधेयकमा पर्याप्त व्यवस्था नभएको सांसदहरूको भनाइ

यौन हिंसासम्बन्धी विधेयकमा पर्याप्त व्यवस्था नभएको सांसदहरूको भनाइ

९ मंसिर, काठमाडौं — प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनमा सुधार आवश्यक रहेको बताएका छन्। सरकारले प्रस्ताव गरे...
बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

९ मंसिर, काठमाडौं — बालश्रमसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको ...
काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

९ मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि निर्माण गर्न लागेको विशेष विद्यालय भवनको श...

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin Olen aina pitänyt nettipelaamista hieman monimutka...