संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउनु हुँदैन : डा. शेखर कोइराला

Advertisement

१ फागुन, काठमाण्डौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका हुन् ।

त्यस्तै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए ।

‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन । यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ । मानव अधिकार आयोगले पनि दिएको छ । मानवताको कुराहरुलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि हालतमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई कानुन बनाउँदैछौं’, उनले भने ।

नेता कोइरालाले नेपालमा नेताहरुका लागि मात्र लोकतन्त्र आएको टिप्पणी गरे । ‘नेताहरुको लागि लोकतन्त्र आएको छ । तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...