संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

Advertisement

४ पुस, काठमाण्डौं – संघीय संसद्‌को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । ‘सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्‌का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’

एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ । ‘संसद् महासचिव नियुक्ति नगरी खेदजनक काम गर्नुभएको छ,’ पोखरेलले भने । राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति रित नपुगेकाले अध्ययन गरिरहेको बताइरहेकै बेला एमालेको धारणा आएको हो ।

‘संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्‌को महासचिव राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ । महासचिव भरतराज गौतमले घरासयी कारण देखाउँदै २४ मंसिर, २०८० मा राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

यसअघि सभामुख घिमिरेले सिफारिस गरिएका व्यक्तिलाई नियुक्ति नगर्नु राष्ट्रपतिको अनुचित कार्य भएको बताएका थिए । बिहीबार कान्तिपुरसँग कुरा गर्दै उनले ‘महासचिव नियुक्ति राष्ट्रपतिले रोक्ने कुरा अनुचित’ भएको टिप्पणी गरेका थिए । सभामुख नियुक्तिको प्रस्तावमाथि १५ दिनभित्र राष्ट्रपतिबाट निर्णय नभए रिट लिएर सर्वोच्च अदालत जाने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...