संविधानले विभेद अन्त्य गर्दै राष्ट्रिय एकता र समृद्धिको मार्ग देखाएको राष्ट्रपति पौडेलको भनाइ

Advertisement

३ असोज, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रतर्फ देशलाई डोऱ्याउने लक्ष्य लिएको बताएका छन्। संविधान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए। साथै, आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।

संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्ममार्फत इमानदारी र प्रभावकारी योगदान गर्नुपर्नेमा पनि उनले आह्वान गरे। उनले भने, “संविधानको भावना कार्यान्वयन गर्न हरेक क्षेत्रबाट ईमानदार प्रयास आवश्यक छ।”

उनका अनुसार, वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट उत्पन्न विभेद र उत्पीडनलाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई व्यापक राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले सबैलाई प्रेरणा दिने विश्वास उनले व्यक्त गरे।

राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्राकृतिक सम्पदाले अपार सम्भावना बोकेको भन्दै जलस्रोत र ऊर्जाको उचित व्यवस्थापन गर्न सक्ने हो भने नेपाललाई छिट्टै समुन्नत राष्ट्रको अग्रपंक्तिमा पु¥याउन सकिने विश्वाससमेत प्रकट गरे। उनले बेथिति अन्त्य गर्दै सुशासनमार्फतै रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...