संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

Advertisement

८ साउन, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएकाले असफल हुने छुट नरहेको बताए ।

“यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।”

उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए ।

“हाम्रै पार्टी सहभागी  भएको भन्दैमा सरकारका गलत कामलाई ठीक भनेर हिँड्न सक्दैनौँ,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ उभिदा निरंकुशताको चिन्ता देखिँदैछ । हामीहरू संसद्मा आवाज उठाउँछौँ, बाहिर प्रेस युनियनजस्ता नागरिक संस्थाले आवाज उठाइदिनुस् ।”

पहिलेदेखि नै संविधान संशोधनका लागि कांग्रेस–एमाले सहकार्यको प्रस्ताव राख्दै आएका डा. कोइरालाले यसपटक संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्ने बताए ।

उनले संविधान संशोधनको विषय आउनासाथ समानुपातिक समावेशी समाप्त हुन्छ भन्ने चिन्ता जाहेर हुन थालेको भन्दै त्यसलाई समेत आश्वस्त पारेर संविधानका कमीकमजोरी हटाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...