सरकारीवित्त ६९ अर्बलेघाटामा, गतमंसिर ३० सम्मसरकारको कुलआम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोडरुपैयाँ मात्र

Advertisement

२ पुष, काठमाण्डौं  — चालु आर्थिक वर्ष २०८०÷८१ को शरुवाती पाँच महिनामा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ ।

गत पाँच महिनाको अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो ।

मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर अन्तिमसम्ममा सरकारले वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी गरेको छ । सोही अवधिमा २५.८७ प्रतिशत कुल खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु. १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । मंसिर मसान्तसम्म आइपुग्दा सरकारले ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत मात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षको पाँच महिना अवधिमा चालु खर्च लक्ष्यको ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा वित्त व्यवस्थापनबाहेक चालु र पुँजीगत खर्च बढी हो । गत आर्थिक वर्षको मंसिरसम्म वित्त व्यवस्थापनमा लक्ष्यको ४० प्रतिशत खर्च भएको थियो ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा मंसिर मसान्तसम्ममा तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर खर्च भएको महालेखाको तथ्यांक छ । सरकारले चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख रुपैयाँ बराबर संकलन गर्ने उद्देश्य राखेको छ । वैदेशिक अनुदान भने ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर उठाउने सरकारी लक्ष्य छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कर राजस्व संकलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् तीन खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ । सोही अवधिमा गैरकर राजस्व संकलन भने वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख बराबर छ । यो पनि लक्ष्यभन्दा कम हो । सरकारले मंसिरमा मात्र सवा ८८ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यभन्दा करिब ८ अर्ब रुपैयाँ कम हो । सरकारले मंसिरमा ९६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । एफपीओ र मर्जरको करबापत गएका दुई दिनमा सरकारलाई करिब पौने १३ अर्ब रुपैयाँ कर संकलन भएको छ । यति हुँदा पनि सरकारले राजस्व संकलनको मासिक लक्ष्य पूरा गर्न नसकेको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सरकारले दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिएको छ । यो वार्षिक लक्ष्यको ५.५२ प्रतिशत हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लक्ष्यको ६.१६ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...