२०८१ मंसिर २४
२०८१ मंसिर २४
२४ मङ्सिर, झापा - प्रधानमन्त्री एवंं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिस्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् । पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “हामी देशका लागि केही गर्छौँ, परिवर्तन गर्छौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ ।…