२०८३ जेष्ठ १७
२०८३ जेष्ठ १७
१७ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सुकुमवासीहरूको उचित व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्। प्रधानमन्त्री शाहले आफ्नो पार्टी तथा सत्तारुढ दल रास्वपाले सुकुमवासी समस्याको दीर्घकालीन समाधानमा काम गरिरहेको बताए। उनले आफू स्थानीय सरकारमा रहँदादेखि नै वास्तविक सुकुमवासीलाई पहिचान गरी व्यवस्थापन गर्नुपर्ने धारणा राख्दै आएको उल्लेख गरे। उनले भने, “मैले स्थानीय सरकारमा हुँदा संघीय सरकारलाई पनि वास्तविक सुकुमवासीलाई स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्न र देशभर कतै पनि जग्गा नभएका व्यक्तिका लागि सरकारले जग्गाको व्यवस्था गर्नुपर्ने सुझाव दिएको थिएँ।” प्रधानमन्त्री…