१८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च सजाइएको छ भने प्रतिनिधिहरू आउने क्रम जारी छ।
उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्।
महाधिवेशनको उद्घाटन सत्र दिउँसो २ बजे तय गरिएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्दैछन्।
महाधिवेशन व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।



