टस जितेर काठमान्डुले गर्‍यो बलिङको निर्णय

Advertisement

२७ कात्तिक, काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

काठमान्डुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा विजयी हुने टोली प्लेअफमा पुग्नेछ।

सुदूरपश्चिमले आफ्नो प्लेइङ–११ मा दुई परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहरा खेलिरहेका छन् भने सैफ जैबको स्थानमा फाबियन एलनलाई टोलीमा समावेश गरिएको छ।

काठमान्डुले पनि दुई खेलाडी परिवर्तन गरेको छ। अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र अर्का विदेशी खेलाडी विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अष्ट्रेलियाका साम हिजलेट पहिलो रोजाइमा खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सु...
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स...
निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

४ मंसिर, काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। ...