मकवानपुरमा जिप दुर्घटना, दुई घाइतेको अवस्था अचेत

Advertisement

३ मंसिर, काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजार नजिकै आज बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताएका छन्।

यसअघि गत २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए। काठमाडौंबाट सर्लाही जाँदै गरेको उक्त माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

६ मंसिर, काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सु...
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन, आज १००औं एकदिवसीय खेल

६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स...
निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश चुनाव

४ मंसिर, काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। ...