२०८३ मंसिर ४
२०८३ मंसिर ४
३ मंसिर, काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजार नजिकै आज बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन्। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताएका छन्। यसअघि गत २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए। काठमाडौंबाट सर्लाही…