‘रक्षा मन्त्रीलाई संसदमा ल्याउनुस्, प्रश्न सोध्नुछ’: हर्क साम्पाङ

‘रक्षा मन्त्रीलाई संसदमा ल्याउनुस्, प्रश्न सोध्नुछ’: हर्क साम्पाङ

२९ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बैठकमा रक्षा मन्त्रीको उपस्थितिको माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षासम्बन्धी केही प्रश्न राख्नुपर्ने भएकाले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरे। हाल रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्दै आएका छन्। साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली नागरिकलाई दुर्व्यवहार गरेको भनिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको धारणा माग गरे। उनले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने बताए। साम्पाङले नेपाली सेना सीमामा किन परिचालन नगरिएको भन्दै प्रश्न उठाए। सीमामा सेना परिचालन गर्न नपाउने कुनै सम्झौता वा करार…
Read More
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

२९ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चारदिने चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ देखि असार ३ गतेसम्म रहनेछ। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्। मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहकार्यका सम्भावनाबारे छलफल हुने जनाइएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैगरी, नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली…
Read More
‘सीमा व्यवस्थापन होइन, सीमा विवादको कुरा गर्नुस्’ : खुश्बु ओली

‘सीमा व्यवस्थापन होइन, सीमा विवादको कुरा गर्नुस्’ : खुश्बु ओली

२९ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा र नेपाली भूभागसँग सम्बन्धित विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले सीमा विवादको विषय नउठाएको भन्दै आपत्ति जनाइन्। चीन भ्रमणमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषय कूटनीतिक रूपमा स्पष्टसँग उठाउनुपर्ने उनको भनाइ थियो। ओलीले परराष्ट्रमन्त्रीले संसदमा पनि सीमा विवादभन्दा सीमा व्यवस्थापनको विषयमा मात्रै बोलेको भन्दै सीमा समस्याको गम्भीरतालाई पर्याप्त रूपमा नबुझेको आरोप लगाइन्। उनले सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले सांसदहरूले पनि यसबारे थप अध्ययन गरेर धारणा बनाउनुपर्ने…
Read More
‘सुधन गुरुङको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?’ कांग्रेसको सरकारलाई प्रश्न

‘सुधन गुरुङको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?’ कांग्रेसको सरकारलाई प्रश्न

२९ जेठ, काठमाडौं —  नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद भरत खड्काले उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयर लगानीबारे प्रश्न उठेको थियो। त्यसपछि सरकारले छानबिनका लागि समिति गठन गरेको थियो। समितिले प्रतिवेदन सरकारलाई बुझाएको एक साता बितिसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन। यसबीच प्रतिवेदन बुझाइसकेपछि सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। तर, उनीमाथि गरिएको छानबिनको प्रतिवेदन भने अझै सार्वजनिक नभएको भन्दै कांग्रेसले सरकारसँग त्यसबारे स्पष्ट पार्न…
Read More
इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले विद्युतीय (इभी) गाडीमा कर छली भएको दाबी गर्दै त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। शाहीले उक्त प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिको बैठकमै गलत जानकारी दिएको आरोप समेत लगाए। उनले गाडी नेपाल भित्रिनुअघि नै कसरी भन्सार जाँचपास भयो भन्ने प्रश्न उठाउँदै सरकारसँग जवाफ मागे। गत वर्ष पनि केही गाडीमा भन्सार छुट दिइएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनले छानबिन गरी राजस्व असुल…
Read More
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्पक्ष र सर्वस्वीकार्य बनाउन अस्थायी साझा संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। काठमाडौंस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिबीच समन्वय गर्न तथा देखिएका विवाद समाधान गर्न सहमतिमा आधारित संयन्त्र आवश्यक रहेको बताएका हुन्। पार्टीको बृहत्तर एकताका पक्षमा रहेको बताउँदै उनले त्यसका लागि सभापति गगन थापाले अग्रसरता लिनुपर्ने धारणा राखे। ‘बृहत्तर एकताका लागि सभापति गगनजीबाट पहल हुनु जरुरी छ। सामान्य भेटघाटले मात्र पुग्दैन, दुवै पक्ष बसेर विश्वासको वातावरण बनाउनुपर्छ। हामी पदको भागबण्डा…
Read More
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू सार्वजनिक जीवनबाटै बाहिरिन तयार रहेको उनको भनाइ छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै वाग्लेले कर दर हेरफेर तथा सूचना चुहावटसम्बन्धी आरोपको खण्डन गरेका हुन्। विद्युतीय सवारीसाधनमा कर बढ्ने जानकारी पूर्वसूचना स्वरूप बाहिरिएको भन्ने आरोपलाई उनले ‘ननसेन्स’ भन्दै अस्वीकार गरे। ‘यसको प्रमाण ल्याएर आउनुहुन्छ भने म कठघरामा उभिन तयार छु,’ वाग्लेले भने, ‘अर्ब–खर्बको कुरा जथाभावी भइरहेको छ। दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि बदमासी गरेको प्रमाणित भयो भने म अर्थमन्त्री मात्र…
Read More
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको दाबी गरेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै ओलीले केही आयातित सवारीमा सिट क्षमतासम्बन्धी वर्गीकरण परिवर्तन गरेर कम भन्सार तिराइएको आरोप लगाइन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव घनश्याम उपाध्याय तथा अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीहरू उपस्थित थिए। आर्थिक विधेयकमा कर दर हेरफेर तथा सूचना चुहावटसम्बन्धी विषयमा जवाफ माग्ने क्रममा ओलीले ७ वा ८ सिट क्षमताका सवारीलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार लगाइएको दाबी गरिन्। उनका अनुसार ७/८ सिटका सवारीमा लाग्ने…
Read More
कर दर हेरफेर विवादमा राप्रपाले पनि माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

कर दर हेरफेर विवादमा राप्रपाले पनि माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

२६ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल गरिएको विवादका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले पदबाट अलग हुनुपर्ने धारणा राखिन्। ‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ,’ ओलीले भनिन्। संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले संशोधित स्वरूपमा आफ्नो वेबसाइटमा प्रकाशित गरेपछि सरकारको आलोचना भइरहेको छ। संसद्मा पेश गरिएको आर्थिक विधेयक ४६४ पृष्ठको रहेकामा पछि मन्त्रालयको वेबसाइटमा राखिएको संस्करण ४४८ पृष्ठको देखिएको छ। विवादको मुख्य विषय करसम्बन्धी व्यवस्थामा…
Read More
सदनप्रति प्रतिपक्षीले अपमान गरेको सभामुख अर्यालको टिप्पणी

सदनप्रति प्रतिपक्षीले अपमान गरेको सभामुख अर्यालको टिप्पणी

२६ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकका क्रममा विपक्षी सांसदहरूले गरेको मौनधारणलाई लिएर आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुख अर्यालले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सभामुख अर्यालले सहिदहरूप्रति सम्मान व्यक्त गर्नु सबै सांसदहरूको साझा दायित्व भए पनि सभामुखले सञ्चालन गरिरहेको बैठकमा आफ्नै निर्णयबाट समय तोकेर कार्यक्रम सञ्चालन गर्नु संसदीय प्रक्रियाअनुकूल नभएको बताएका छन्। ‘सहिदहरूप्रति हामी सबै सम्मान व्यक्त गर्छौं र गरिरहन्छौं,’ सभामुखले भने, ‘तर प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेका बेला सदस्यहरूले आफ्नै विवेकले समय निर्धारण गरेर जुन प्रकारको गतिविधि गर्नुभयो,…
Read More