चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

चिडियाखानामा बर्डफ्लु देखिएपछि आगन्तुक प्रवेश बन्द

काठमाडौं, असार ५ — ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिम नियन्त्रण र आगन्तुकको सुरक्षालाई ध्यानमा राखेर तत्काल प्रभावबाट चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जनाएको छ। कोषका अनुसार बर्डफ्लु थप फैलिन नदिन आवश्यक सतर्कता अपनाउने उद्देश्यले चिडियाखानाभित्र सञ्चालन हुँदै आएका सबै गतिविधि हालका लागि स्थगित गरिएको छ। संक्रमण नियन्त्रण तथा अवस्थाको मूल्यांकनपछि मात्रै सेवा पुनः सञ्चालनबारे निर्णय गरिने जनाइएको छ। यसअघि गत चैतमा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा…
Read More
रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

रास्वपाले विधान संशोधनमार्फत नेतृत्व संरचना विस्तार गर्ने

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअघि पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने तयारी गरेको छ। यसअन्तर्गत थप पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरिएको छ। पार्टी स्रोतका अनुसार प्रस्तावमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता, एक सहप्रवक्ता तथा ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था समेटिएको छ। यसअघि सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले ६ जना पदाधिकारी र २९ जना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव अघि सारेको थियो। तर, त्यसमा थप संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी…
Read More
चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्मका लागि स्थगित

५ असार, काठमाडौं — प्रतिनिधिसभाले सरकारले जारी गरेका चारवटै अध्यादेशलाई स्वीकृति दिएपछि संघीय संसद्को तल्लो सदनको बैठक आगामी असार ११ गते बस्ने गरी स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकमा सम्बन्धित मन्त्रीहरूले पेश गरेका अध्यादेश स्वीकृत भएपछि सभामुखले अर्को बैठक असार ११ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन्। संसद् सचिवालयका अनुसार यसबीच कुनै विशेष बैठकको आह्वान नभए नियमित कार्यसूचीअनुसार नै अर्को बैठक सञ्चालन हुनेछ। आजको बैठकमा सरकारले ल्याएका चार अध्यादेशमाथि छलफलपछि निर्णय गरिएको थियो। आवश्यक कानुनी व्यवस्था निरन्तर कायम राख्न सरकारले जारी गरेका ती अध्यादेश प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अब तिनले विधायिकी प्रक्रियामा थप चरण पार गर्नेछन्। प्रतिनिधिसभाको अर्को बैठकमा…
Read More
पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

पहिरोले अवरुद्ध भयो बेँसीसहर–चामे सडक, मनाङ आवतजावत प्रभावित

असार ५, काठमाडौं —  लगातारको वर्षापछि लमजुङको खरखरे क्षेत्रमा गएको पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि मनाङ जाने तथा त्यहाँबाट फर्किने दर्जनौं सवारीसाधन बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको हो। वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिम पनि रहेको बताइएको छ। स्थानीयवासीका अनुसार उक्त क्षेत्र वर्षेनी पहिरोको समस्याबाट प्रभावित हुँदै आएको छ। विगतमा पहिरो नियन्त्रणका लागि योजना अघि बढाइए पनि निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा समस्या दोहोरिने गरेको छ। यसैबीच बेँसीसहर–घलेगाउँ सडकखण्ड पनि पहिरोका कारण प्रभावित भएको जनाइएको छ। सम्बन्धित निकायले सडक…
Read More
संसदमा महावीर पुन : ‘व्यावहारिक रूपमा म जोगी नै हुँ’

संसदमा महावीर पुन : ‘व्यावहारिक रूपमा म जोगी नै हुँ’

४ असार, काठमाडौं — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशप्रतिको लगावका कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। मन्त्री पुनले सुरुमा आफ्नो लगाव गाउँसँग रहेको र त्यही भावना विस्तार हुँदै जिल्ला र अन्ततः देशसँग जोडिएको बताए। यही यात्राले आफूलाई सांसद र मन्त्रीको जिम्मेवारीसम्म पुर्‍याएको उनको भनाइ थियो। उनले आफू मन्त्री बनेपछि ‘जोगी’ भएको अनुभूति भएको पनि सुनाए। संसदमा बोल्दै उनले ‘पिरतीले जोगी बनायो’ भन्ने पुरानो गीतको स्मरण गर्दै आफू पनि त्यही गीतले भनेझैँ देशप्रतिको प्रेमका कारण सांसद र…
Read More
प्रधानमन्त्री बालेनको जिम्मेवारी पनि अर्थमन्त्री वाग्लेलाई

प्रधानमन्त्री बालेनको जिम्मेवारी पनि अर्थमन्त्री वाग्लेलाई

४ असार, काठमाडौं — प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन्। आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको हो। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हालिरहेका छन्। त्यसैले उक्त मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने थियो। तर, त्यसको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका छन्। कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले अर्थ…
Read More
शिक्षा क्षेत्रमा सुधारका लागि राष्ट्रिय पाठ्यक्रम संशोधन गरिने

शिक्षा क्षेत्रमा सुधारका लागि राष्ट्रिय पाठ्यक्रम संशोधन गरिने

४ असार, काठमाडौं — सरकारले विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिमार्जन प्रक्रिया अघि बढाएको जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारूप संशोधनका लागि कार्यदल गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यसबारे जानकारी गराएका हुन्। उनका अनुसार पाठ्यक्रमको प्रारूप परिमार्जन गरी कार्यान्वयनमा ल्याएपछि विद्यालय शिक्षा क्षेत्रमा सुधार आउने सरकारको विश्वास छ।
Read More
नेपाली चिया निकासी रोकिएपछि उद्योग बन्द

नेपाली चिया निकासी रोकिएपछि उद्योग बन्द

१ असार, काठमाडौं — भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न कारण देखाउँदै अवरोध गरेपछि सोमबारदेखि इलामका चिया उद्योगहरू बन्द भएका छन्। भारतले गुणस्तर परीक्षणको नाममा करिब डेढ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्। निकासी रोकिएपछि उत्पादित चियाले बजार नपाएको र गोदाममै थन्किँदा बिग्रने जोखिम बढेकाले उद्योग बन्द गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो समस्या उत्पन्न भएको छ। उनका अनुसार पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका…
Read More
‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुस्’: सभामुखसँग हर्क साम्पाङ

‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुस्’: सभामुखसँग हर्क साम्पाङ

१ असार, काठमाडौं — श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहोर्‍याएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट कहिले हटाइन्छ भनेर सभामुखसँग प्रश्न गरे। उनले, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ भनेर हामी व्यग्रतापूर्वक पर्खिरहेका छौं,’ भने। प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए। त्यसक्रममा उनले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै…
Read More
वन निर्देशकको नेतृत्वमा टेम्पो प्रकरण छानबिन समिति

वन निर्देशकको नेतृत्वमा टेम्पो प्रकरण छानबिन समिति

१ असार, काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज…
Read More