२०८३ जेष्ठ १८
२०८३ जेष्ठ १८
१८ जेठ, काठमाडौं — सुस्ता बचाउ अभियान नवलपरासी नेपालले भारतले विवादरहित क्षेत्रभित्र भइरहेको तटबन्ध निर्माणको कामसमेत रोक्न खोजेको आरोप लगाएको छ। अभियानका अनुसार नेपाल र भारत दुवैले विवादित नभनेको भूभागमा समेत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध सिर्जना गरेको हो। नेपाल पक्षले थारू टोलस्थित सिमलको रुखसम्मको क्षेत्रलाई नेपाली भूमि मान्दै आएको छ। भारतीय पक्षले भने सिमलको रुखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रुखसम्म मात्रै नेपालको भूभाग रहेको दाबी गर्दै आएको छ। तर हाल तटबन्ध निर्माणको काम भइरहेको स्थान भने भेल्लरको रुखभन्दा पनि तल अर्थात् नेपालतर्फ रहेको बताइएको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार भारतले आफ्नो…