२०८३ श्रावण २१
२०८३ श्रावण २१
२१ साउन, काठमाडौं — पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधार गर्दै निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। उनले सरकारका उच्च पदस्थ अधिकारी तथा सरकार समर्थकहरूबाट स्वास्थ्य बिमाबारे नकारात्मक अभिव्यक्ति आउँदा लाखौं नेपालीको जीवन जोखिममा पर्ने अवस्था सिर्जना भएको बताएका छन्। स्वास्थ्य बिमामार्फत उपचार गर्न कठिनाइ भइरहेको, उपचार सेवाको दायरा साँघुरिएको र बिमितले सहज रूपमा सेवा पाउन नसकेको गुनासो बढिरहेका बेला पौडेलले बिहीबार भिडियो सन्देश जारी गर्दै सरकारसँग प्रश्न गरेका छन्, "नागरिकको ज्यानलाई नाफा र घाटाको तराजुमा जोख्न मिल्छ?" उनले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमा…