खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमापत्ति भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले खरेलले प्रयोग गरेको शब्द असंसदीय भएको भन्दै आपत्ति जनाएका हुन्। प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अघि बढाएका थिए। सो क्रममा पर्यटन विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु गरिएको थियो। विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद खरेलले प्रतिपक्षी दलहरूको विरोधलाई ‘तमासा’को संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाउँदै सांसद मल्लले उक्त शब्द अपमानजनक र असंसदीय भएकाले संसदीय रेकर्डबाट हटाउन माग गरे। यस विषयले संसद्मा केही समय विवादको स्थिति सिर्जना गरेको…
Read More
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आएका छन्, जसका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो। सदन १५ मिनेटका लागि स्थगित भएपछि सभामुखको पहलमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको थियो। छलफलका क्रममा रास्वपाका नेताहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउने विषयमा पहल गर्ने बताएका हुन्। प्रतिनिधिसभा नियमावलीअनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था छ। प्रधानमन्त्री बालेन्द्र शाहले यो व्यवस्था कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। छलफलमा प्रधानमन्त्रीबाट संसद्मा सम्बोधन गराउने विषयमा सहमति…
Read More
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे उक्त भेट तथा संवाद कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइनेछ । साथै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा सहकार्यका विभिन्न विषयमा पनि छलफल गरिनेछ । यसअघि पनि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।
Read More
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउन नमिल्ने व्याख्या गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरूले नजिरको सिद्धान्तविपरीत विवादास्पद आदेश दिएको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी निवेदन दर्ता गरिएको थियो । सोही निवेदनमाथि न्यायाधीश शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले यस्तो निर्णय गरेको हो । सर्वोच्चले फैसला वा आदेशप्रति असहमति भए त्यसका लागि अन्य कानुनी उपायहरू उपलब्ध हुने भएकाले अवहेलनाको कारबाही उपयुक्त माध्यम नहुने निष्कर्ष निकालेको छ । यो विवाद नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटसँग सम्बन्धित थियो । उनले ट्राफिक प्रहरीको कामकारबाहीमाथि प्रश्न उठाउँदै…
Read More
सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा रोकिएको छ । मन्त्री पदको शपथका लागि नेकपा एमालेबाट सम्भावित तीन जना प्रदेश सांसद मुख्यमन्त्री कार्यालय पुगेका थिए । एमालेले मन्त्री बन्ने नामसमेत टुंगो लगाइसकेको थियो । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट भएपछि सरकार विस्तार हुन सकेन । साँझसम्म प्रतीक्षा गरेका प्रदेश सांसदहरू अन्ततः शपथ नलिई फर्किएका छन् । एमालेबाट मन्त्री बन्ने सूचीमा सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास रहेका थिए । उनीहरूसँगै गत बिहीबार विनाविभागीय मन्त्री बनेका मोहम्मद समिर पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।…
Read More
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउन थालेको छ । सबै पदाधिकारीलाई एकैपटक हटाउँदा विश्वविद्यालयको नियमित काम प्रभावित हुन थालेपछि अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई फेरि जिम्मेवारी दिइएको हो । यसअघि सरकारले विश्वविद्यालय सम्बन्धी ऐन संशोधन गर्दै विभिन्न पदाधिकारीलाई पदमुक्त गरेको थियो । तर अहिले पुनः तिनै व्यक्तिलाई निमित्तको रूपमा जिम्मेवारी दिइएपछि कानुन, प्रक्रिया र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन् । प्राज्ञहरूले सरकारको निर्णयलाई हतार र स्पष्ट तयारीबिनाको कदम भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहको निर्णयअनुसार शिक्षा सचिव चूडामणि पौडेलले सम्बन्धित पदाधिकारीलाई नियुक्तिपत्र दिएका छन् ।…
Read More
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् । आइतबार भएको उक्त विस्फोटपछि रेलका तीन वटा डिब्बा पटरीबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट निकै शक्तिशाली थियो । विस्फोटका कारण रेलवे ट्र्याक नजिक पार्क गरिएका धेरै सवारीसाधनमा क्षति पुगेको छ भने आसपासका घरहरूमा पनि असर परेको बताइएको छ । घटनापछि सुरक्षाका लागि सेना र प्रहरी परिचालन गरिएको छ । तर अहिलेसम्म अधिकारीहरूले विस्फोटको कारण वा हताहतको विस्तृत विवरणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।…
Read More
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको जानकारी दिएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूबारे धेरै गुनासा आइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न नियमावली तयार पारिएको बताएका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ । ती मन्त्रालयबाट सुझाव र स्वीकृति प्राप्त भएपछि मन्त्रिपरिषद्मा पेस गरिनेछ । मन्त्री पोखरेलले हालसम्म विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको बताए । उनले नियमावलीमार्फत कुन आधारमा विदेशी विश्वविद्यालयलाई…
Read More
एमाले बैठकमा नेतृत्वबारे बहस जारी

एमाले बैठकमा नेतृत्वबारे बहस जारी

१० जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ । आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यसअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्ना धारणा राख्नेछन् । गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले आफ्ना विचार राख्ने क्रम शनिबारसम्म जारी रहेको थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । यद्यपि उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले ओलीको पक्षमा धारणा राखेका थिए । उनीहरूले कठिन परिस्थितिमा नेतृत्वको साथ दिनुपर्ने बताएका थिए ।…
Read More
सेयर बजारमा हरियाली, नेप्सेमा सुधार

सेयर बजारमा हरियाली, नेप्सेमा सुधार

८ जेठ, काठमाडौं — सेयर बजार मापक नेप्से परिसूचक बिहीबार १६.३८ अंकले बढेको छ । शून्य दशमलव ५९ प्रतिशतले वृद्धि भएपछि नेप्से परिसूचक २ हजार ७५८.४९ विन्दुमा पुगेको छ । आज कारोबारमा सहभागी कम्पनीहरूमध्ये २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । उपसमूहतर्फ हेर्दा व्यापार समूह मात्रै १६ अंकले घटेको छ । अन्य सबै उपसमूहमा वृद्धि देखिएको छ । आज कुल ५४ हजार ४९७ पटक सेयर किनबेच भएको छ । यस क्रममा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १…
Read More