एमाले निकट दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

१३ भदौ, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डीसी लाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो ।

फिल्म निर्देशक,अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...