काभ्रेपलाञ्चोकका १६ हजार छात्राका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान

२० पुस, काभ्रे – राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ ।

कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्यांक अनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ मा तीन हजार ३३, कक्षा ८ मा तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ जना गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइनेछ ।

यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताए । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइनेछ ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।

स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्यांकअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

२५ जेठ, काठमाडौं — पूर्व-पश्चिम राजमार्गम छेउछाउ स्वीकृति विना बनाइएका अस्थायी/स्थायी घरटहरा खाली गर्न आग्रह गरिएको छ। कञ्चनपुरको...
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

२५ जेठ, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो सवा १ बजे बसेको बैठक प्रारम्भ भएको केही ...
करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

करका दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

२५ जेठ, काठमाडौं — करका दरसम्बन्धी व्यवस्था फेरबदल भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने ...
सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

२५ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर ...