कांग्रेस र एमालेले २०७२ सालको संविधानलाई माओवादी देख्न थाले: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१३ भदौ, धनगढी – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले दुई तिहाइको दम्भ देखाइरहेको र संविधान संसोधन गरेर समानुपातिक समावेशीको अवधारणा खारेज गर्न खोजेको आरोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठक सकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो आरोप लगाएका हुन् ।

‘संविधानमाथि उहाँहरू घात गर्नु हुन्छ कि भन्ने आशंका पैदा भएको छ। उहाँहरू पछाडि जान चाहनुहुन्छव। किनभने यो समावेशी समानुपातिक भनेर हामीले संविधानमा धेरै मेहनत गरेर, संघर्ष गरेर ल्याएका हौं । नेपालका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारू सबैको अधिकार सुनिश्चित गर्न गरेको हो। यो उनीहरूलाई मन परेको छैन,’ दाहालले भने ।

दाहालले कांग्रेस र एमालेले २०७२ सालको संविधानलाई माओवादी देख्न थालेको आरोप लगाए । ‘उनीहरू २०७२ सालको संविधानलाई माओवादी देख्न थालेका छन् । समावेशी भनेनी माओवावादी, समानुपातिक भनेनी माओवादी, दलित महिला मुस्लीम भनेनी माओवादी, गणतन्त्र भनेनी माओवादी । उनीहरू कसरी यो माओवादीलाई ठीक पार्ने भन्नेमा लागेका छन्,’ दाहालले भने ।

त्यस्तै दाहालले पार्टीभित्र कुनै विवाद नरहेको बताए । उनले आफ्नो पार्टीको भन्दा पनि पत्रकारहरूलाई माओवादीभित्रको चिन्ता देखिने गरेको बताए । ‘अहिले नेतृत्व परिवर्तनको कुनै कुरा आएको छैन । तपाईँहरूले भन्नुभएको प्रभाकर कमरेडले ल्याएको प्रस्तावको कुरा गर्नु भएको होला । उहाँले नेतृत्व परिवर्तनको कुरा ल्याउनुभएको होइन, नेतृत्वलाई अझ बलियो र चलायमान बनाउने कुरा ल्याउनुभएको हो,’ दाहालले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...
९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ...
बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

काठमाडौं, असार ८ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द स...