२१ खर्ब २४ अर्बको बजेटमाथि संसदमा आजबाट बहस

१८ जेठ, काठमाडौं — प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका थिए।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

उक्त प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राख्दै छलफलमा सहभागिता जनाउनेछन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकबाट बजेटमाथिको औपचारिक छलफल प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘गल्ती भए सच्याउँछौं, तर भ्रम फैलाउन मिल्दैन’ : स्वर्णिम वाग्ले

‘गल्ती भए सच्याउँछौं, तर भ्रम फैलाउन मिल्दैन’ : स्वर्णिम वाग्ले

१७ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे उठाइएका आलोचनाप्रति प्रतिक्रिया दिँदै केही पक्षले जानाजानी भ्रम फैला...
२१ खर्ब २४ अर्बको बजेटमाथि संसदमा आजबाट बहस

२१ खर्ब २४ अर्बको बजेटमाथि संसदमा आजबाट बहस

१८ जेठ, काठमाडौं — प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...
‘३५ वर्षको समस्या ३५ मिनेटमा समाधान हुँदैन’: प्रधानमन्त्री बालेन शाह

‘३५ वर्षको समस्या ३५ मिनेटमा समाधान हुँदैन’: प्रधानमन्त्री बालेन शाह

१७ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ...
निर्वाचन विधेयक पारित, संशोधन प्रस्तावहरू फिर्ता

निर्वाचन विधेयक पारित, संशोधन प्रस्तावहरू फिर्ता

१७ जेठ, काठमाडौं — प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ। आइतबार बसेको राष्ट्रिय...